देवचुली नगरपालिकाको संक्षिप्त परिचय

प्रशिद्ध पर्टकीय तथा ऐतिहासिक देबचुली डाँडाको फेदी तथा पबित्र नारायणी नदि किनारको आगनीमा अबस्थित तथा सबै जात जातीको वसोवास भई सुन्दर मानव बगैचाको रुपमा रहेको मेहनेती र परिश्रमी हातहरुले सिञ्चित यस सुन्दर नगरी देबचुली नगरपालिकामा ६६३६ घरधुरी र ३४९१२ जनसंख्या रहेको छ । यो नगरपालिका नवलपरासी जिल्लाको नवलपुर क्षेत्रको मध्यभागमा अधिकांश समथर भूमि र केही पहाडी क्षेत्र समेत भएको नगरपालिका हो । पहाडी क्षेत्रको मुख्य प्रवेशद्वार यसै नगरपालिकामा पर्दछ । पूर्वमा रजहर गा.वि.स., पश्चिममा कावासोती नगरपालिका र धौवादी गा.वि.स., उत्तरमा उपल्लो अर्खला र बुलिङटार गा.वि.स र दक्षिणमा नारायणी नदिको चार सिमाना भित्र नगरपालिका अवस्थित छ । साविकका दिव्यपुरी, देवचुली र प्रगतिनगर गा.वि.स.लाई समावेश गरी नेपाल सरकार मन्त्री परिषद्को मिति २०७१।०१।२५ को निर्णयानुसार घोषित भएको नगरपालिका हो ।

बाल श्रम न्यूनीकरणकाे एक प्रयास

बाल श्रममा प्रयोगका लागि लगिदै गरेको १२ वर्षिय बालकलाई देवचुली नगरपालिका स्तरीय बाल संजालका पदाधिकारीहरुले देवचुली नगरपालिका वडा नं. १३, दलदले बजारबाट उद्धार गरी स्थानीय प्रशासन सँग समन्वय गरी परिवारसँग पुनस्र्थापीत गराइएको छ ।